गत २०७८ साल वैशाख १ गते देखि चैत्र मसान्तसम्म एक वर्षको अवधिमा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयहरूमा कूल ४११ वटा बलात्कार घटनाका उजुरी परेको तथ्याङ्क प्राप्त भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केदार रजौरेले उपलब्ध गराएको विवरण अनुसार त्यस अवधिमा बाँकेमा ६३ वटा बलात्कार घटनाका उजुरी परेका छन् ।त्यस्तै बर्दियामा ५७ वटा, दाङमा ८३ वटा रोल्पामा १८ वटा, प्युठानमा २० वटा, रुकुम पूर्वमा ४ वटा, कपिलवस्तुमा ३८ वटा, रुपन्देहीमा ६८ वटा, नवलपरास