डाक्टरलाई धम्क्याउने पूर्व सांसदलाई कारवाही गर्न अर्घाखाँची अस्पतालको माग

आमाको उपचारका लागि अस्पतालमा आएका पूर्व राष्ट्रियसभा सांसद चन्द्रबहादुर खड्काले धम्की दिएको भन्दै अर्घाखाँची अस्पतालले कारवाहीको माग गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र निमित्त प्रमुख डा. कपिल गौतमले बिहीवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेका छन् । बिरामीको कोभिड निमोनियाको जटिलताको विषयमा जानकारी गराएर काठमाडौं जाने परामर्श दिई रेफर गरेपछि डाक्टरमाथि दुर्व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ ।