नेपाली नक्सा: नयाँ नोटमा देशको नक्साको चित्र परिवर्तन गर्ने सरकारी निर्णयपछि विज्ञहरूको चिन्ता - BBC News नेपाली
चार वर्षअघि जारी नेपालको पछिल्लो नक्सालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन उल्लेख्य प्रगति नभएको अवस्थामा सरकारको यो निर्णय 'लोकप्रियताका लागि मात्रै गरिएको' कतिपय विज्ञहरूको टिप्पणी छ।
प्रि–मनसुनको बेलादेखि बढी क्रियाशील हुने चट्याङले मात्रै वर्षेनि झण्डै सय जनाको ज्यान लिँदै आएको छ । प्रि–मनसुन सुरु भएसँगै चट्याङजस्ता प्राकृतिक विपत्तिको पनि जोखिम बढेको छ । चट्याङका कारण वर्षेनि सयौं नागरिकले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ । चेतनाको कमी, सरकारी निकायको असंवेदनशिलता तथा कमजोर कार्यप्रणालीका कारण जोखिम घट्नुको सट्टा बढिरहेको छ । चट्याङको सटिक […]
लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकमाथिको प्रतिबन्धको सिलसिला डेनमार्कसम्म पुगेको छ । अमेरिकापछि डेनमार्ककेा रक्षा मन्त्रालयले आफ्ना सरकारी कर्मचारीहरुको फोनमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । उत्तर एटलान्टिक सन्धि संगठन नाटोको सदस्य रहेको डेनमार्कले साइबर सुरक्षाको कारण देखाउँदै टिकटकमाथि यस्तो कदम उठाएको हो । डेनमार्क सरकारले टिकटक एपको सुरक्षा र डाटाको गोपनीयताका विषयमा पनि चिन्ता व्यक्त […]
काठमाडौं : अभिभावकहरूलाई आफ्ना छोराछोरीका लागि विद्यालय पठाएको दिन एउटै चिन्ता हुन्छ– सकुशल विद्यालय पुग्यो कि पुगेन? स्कुल सकिएपछि पनि अबेरसम्म बालबालिका घरमा नआउँदा पनि चिन्ता नै हुन्छ अभिभावकलाई।अधिकांश अभिभावक बालबालिका विद्यालयसम्म पुर्याउन र पठनपाठन सकिएपछि लिन पनि जान्छन् सुरक्षाकै लागि। यही अभिभावकको चिन्ता चिर्न चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालयले ‘स्मार्ट एटेडेन्स सिस्टम’ प्रयोगमा ल्याएको छ।उक्त सिस्टमले विद
सरकारी ढुकुटी दुरुपयोग भएकोमा चिन्ता धेरैलाई छ । धेरैलाई सरकारी ढुकुटी उपल्लो ओहदामा बस्ने सरकारी कर्मचारी, नेता (प्रधानमन्त्री, मन्त्रीलगायत) र लाभको पदमा नियुक्त हुनेले मात्र रजाइँ गर्छन् भन्ने छ । मैले पनि सरकारी ढुकुटी चलाउँछु र त्यसको यथाशक्य सदुपयोग गर्नुपर्छ भन्ने हेक्काचाहिँ कमलाई मात्रै छ ।निश्चय नै देशको ढुकुटी सर्वसाधारणको हो । लोकतान्त्रिक मूल्य–मान्यताबाट सञ्चालित […]
मुलुकको खस्कँदो अर्थतन्त्र, बढ्दो व्यापार घाटा, घट्दो रेमिटेन्स र विदेशी मुद्राको सञ्चिती र लगानी योग्य पुँजी (तरलता अभाव) को मुद्दामा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।बुधबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आयोजनामा संकटउन्मुख अर्थतन्त्रको सुधार र दिगो पुनरुत्थान विषयमा सरोकारवाला व्यक्तिहरुबीच बृहत् छलफल चलाएको छ । उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अहिलेको समस्या आउनुमा सरकारी संयन्त्र, काम गर्ने तौर तरिका, नीति तथा कार्यक्रम नै मुख्य दोषी रहेको औंलाएका छन् ।सरकारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकका सेवाका लागि स्थापना भएका सरकारी निकायमा आर्थिक अनुशासनमा कमी हुन थालेको प्रति चिन्ता व्यक्त गरेकी छिन् ।महालेखापरीक्षको कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै उनले आर्थिक अनुशासन कायम राख्ने काममा महालेखाको भूमिका महत्वपूर्ण हुने बताइन् । राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन पालना गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको […]
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखाका सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफलमा विकास निर्माणको काममा भएको ढिलासुस्ती बारे चिन्ता व्यक्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा जिल्लाको समग्र...
पहिले सबैले भन्थे, ‘चिन्ताले मानिसलाई चितामा पुर्याउँछ ।’ उहिलेका कुरा खुइले । अहिले त चिन्ता गरौं, सुखी बनौं भन्ने जमात पो फैलँदो छ । मलाई लाग्थ्यो जताततै व्याप्त बेरोजगारी, अभाव, महँगी, भ्रष्टाचारले गर्दा अहिले नेपालीहरू चारैतिर चिन्ताले घेरिएका होलान् । त्यसमा पनि कोरोनाको दोस्रो लहरको कहरले चिन्ताको भारी थपेको होला । तर त्यसो होइन रहेछ । वास्तवमा नेपालीहरू सुखी रहेछन् । चिन्ता गरेपछि सबै लफडाबाट मुक्ति पाइने रहेछ । त्यै भएर त केही महीनाअघि के जाति अन्तरराष्ट्रिय संस्थाले नेपाललाई विश्वकै धेरै खुशी देशहरूको सूचीमा पारेको रहेछ ।
चिन्ता गर्नुको एउटा प्रमुख फाइदा त शारीरिक गतिविधि गरिरहने झञ्झटै पर्दैन । हरेक दिन कम्तीमा एक घण्टा ‘चिन्ता थेरापी’ गर्ने हो भने पनि यो मर्निङ वाक, इभिनिङ वाकमा जाने, जिमखाना जाने, योगास्योगा गर्ने झञ्झट गरिरहनै पर्दैन ।
जसले कुनै कुराको अभाव वा बाधा झेल्नुपर्दैन, उनीहरू पनि चिन्तित देख्ता अचम्म लाग्थ्यो । धनीहरू, तस्करहरू, ठूला पदमा पुगेकाहरू, ठूला नेता, सरकारमा बसेकाहरू सबै चिन्तित । किन होला त भनेर बुझ्दै जाँदा यस्तो तथ्य फेला पर्यो ।
नेताहरूलाई देश र जनताको विषयमा निकै चिन्ता लाग्दो रहेछ । उनीहरू देश विकासका विषयमा, पशु अधिकारदेखि वातावरण विनाशका विषयमा चिन्तित, धार्मिक सद्भावका लागि चिन्तित, कुनै खास धर्मको विकास भएको वा नभएकोमा चिन्तित हुँदा रैछन् । त्यै भएर उनीहरू जहाँ पुगे पनि हरेक विषयमा, भाषणमा होस् या प्रेस विज्ञप्तिमा, गम्भीर चिन्ता व्यक्त गर्दा रहेछन् । यसो गरेर उनीहरू जनतालाई सुखी बनाउन पो लागेका रछन् । हाम्ले नबुझेर पो नेतालाई गाली गर्या रैछम् ।
प्रत्येक पदधारी, बर्दीधारी पनि जनताका सेवाका काममा चिन्तित हुँदा रहेछन् । जस्तै, प्रहरी प्रशासनलाई जहिले पनि ठूल्ठूला अपराधी, तस्कर कसरी पक्रने भनेर चिन्ता । कतिपय उद्योगी व्यापारीहरूलाई उपभोक्तालाई गुणस्तरीय सामान र सेवा उपलब्ध गराउनुपर्ने चिन्ता, बुद्धिजीवीहरूलाई श्रमजीवी र गफजीवीहरूको चिन्ता । त्यसैले हरेक पत्रपत्रिकाका लेखमा बुद्धिजीवीहरूको चिन्ता छताछुल्ल पोखिएको हुन्छ । चिन्ता गरेमा देशको र आफ्नै पनि खुशी बढ्ने रहस्य उनीहरूले पत्ता लगाइसकेका रहेछन् ।
चिन्ता गर्ने बानीले ठूला मान्छेलाई मात्र होइन, सामान्य मनुवालाई पनि थुप्रै फाइदा हुँदो रहेछ । एउटा प्रमुख फाइदा त शारीरिक गतिविधि गरिरहने झञ्झटै पर्दैन । हरेक दिन कम्तीमा एक घण्टा ‘चिन्ता थेरापी’ गर्ने हो भने पनि यो मर्निङ वाक, इभिनिङ वाकमा जाने, जिमखाना जाने, योगास्योगा गर्ने झञ्झट गरिरहनै पर्दैन । जसलाई आफ्नो स्वास्थ्यको अलिकति मात्र पनि चिन्ता छ भने आफ्नो दैनिकीमा एक घण्टा चिन्ता गर्ने काम शुरू गर्नु उपयुक्त हुन्छ भन्छन् चिन्तायोगीहरू ।
जब मानिसले चिन्ता गर्न शुरू गर्छ, तब पहिलो फाइदा त उसको वजन घट्न शुरू गर्छ । उसले जे जे खाए पनि शरीर नियन्त्रणमा रहन्छ । चिन्ताको सच्चा प्रभाव शरीरमा तब पर्छ, जब चिन्तित हुने मान्छेमा ‘चिन्ता थेरापी’प्रति सच्चा श्रद्धा र विश्वास हुन्छ । अर्थात् चिन्तामा पनि इमानदारी आवश्यक पर्छ । चिन्ता शुद्ध हुनुपर्छ, २४ क्यारेट सुनजस्तै ।
चिन्ता गर्नु भनेको स्वास्थ्यकै दृष्टिकोणले पनि एकदमै आवश्यक कुरा हो । यदि हाम्ले ठीकसँग चिन्ता गर्न सिक्यौं भने सम्झनोस् कि स्वस्थ भइयो । पुरानो जमानामा जति पनि महान् व्यक्तिहरू भए, जति दीर्घ जीवन बाँचे, ती सबै चिन्ता गर्ने बानीकै कारण रहे । भगवान् रामलाई नै हेर्नोस् न । पहिला उनी राज्य गुमेको कारणले चिन्तित बने । पछि सीता अपहरणका कारण । फेरि धोबीले गर्दा आफ्नो बदनामीका कारण । फेरि आफ्ना छोराहरूद्वारा आफ्नो सेनाका पराजयका कारण । पछि फेरि सीताको धर्ती प्रवेशका कारण । यी तमाम कुराका कारण उनी चिन्तित भइरहे र कालान्तरमा मर्यादा पुरुषोत्तम कहलिए र आज पनि पूजित भइरहेका छन् ।
कृष्णदेखि क्राइस्टसम्म, माक्र्सदेखि महन्तसम्म सबै चिन्ताकै पछि लागेका हुन् । श्रीकृष्ण पहिले १६ सय गोपीनीका साथ चिन्तित हुन्थे । पछि १६ हजार रानीका । यस्तै चिन्ता गर्दा गर्दै उनी पछि १६ कलायुक्त सम्पूर्ण अवतार मानिए । कविरदासले त झन् दुःख र चिन्ताकै कविता लेखिरहे र दुब्ला पातला रहेर सय वर्षभन्दा बढी बाँचे । हाम्रै प्रधानमन्त्रीलाई हेर्नुस् न । सबैले समर्थन गर्दा चिन्ता थिएन, स्वास्थ्य पनि ठीक थिएन । सत्ताको किचलोले चिन्ता थपिएपछि सबै रोगलाई जितेर सबै विपक्षीलाई अहिलेसम्म परास्त गर्न सक्षम हुनुहुन्छ ।
हेर्नुस् त, मानिसको सरदर आयु बढेको छ । किनकि उनीहरू अचेल सधैं चिन्तित रहन्छन् नि त ! एउटै मान्छेको पीसीआर टेष्ट गर्दा सरकारी रिपोर्टले कोरोना नेगेटिभ छ भन्छ । तर तुरुन्तै निजी अस्पतालले पोजेटिभ रिपोर्ट दिन्छ । अनि बढ्दैन त चिन्ता ? दुनियाँ जटिल बन्दो छ । र मानिसका चिन्ता पनि जटिल र कुटिल बन्दै छ ।
कतिपयले आफ्नो व्यक्तिगत चिन्ताको स्तरलाई उठाएर देशसम्म लैजान्छन् । देशको चिन्ता सकिएपछि पनि जसको चिन्ताको ‘स्टक’ खत्तम हुँदैन, उनीहरू आफ्ना चिन्ताको गलबन्दीलाई पूरा विश्वमै तन्काउँछन् । उनीहरूलाई बरु आफ्ना वरपर वा छिमेकमा के समस्या परेको छ मतलव हुन्न, तर अमेरिका, बेलायत वा भेनेजुयेलामा के हुनुपर्ने र के भइरहेछ भन्नेमा चिन्ता छ । अझ चन्द्र वा मंगल ग्रहसम्म उनीहरूको चिन्ताको तार पुगेको हुन्छ । किनकि यो उनीहरूले जताततैबाट सुखी हुने प्रयास गरिरहेको प्रमाण हो ।
चिन्ताका फाइदाका बारेमा भनिसाध्यै छैन । यदि तपाईंले अहिलेसम्म चिन्तित हुन सिक्नुभएको छैन भने बुझ्नोस कि तपाईंको वास्तविक जीवन शिक्षा अधुरो छ, अपुरो छ । त्यसैले सुख पाउन चाहनुहुन्छ भने अब उठ्नोस् र हरेक विषयमा गम्भीर चिन्ता गर्न शुरू गर्नोस् । नत्र अरूभन्दा पछि पर्नुहोला है !
काँकडभिट्टा, १४ बैशाख । यसैबीच नेपाल बार एशोसिएसनले कोभिड–१९ को महामारी बढ्दै गएकोप्रति चिन्ता जनाउँदै सरकारी कार्यालयहरुमा भीडभाड नियन्त्रण गर्न ध्यानाकर्षण गराएको छ । बार एशोसिएसन तथा सोही मातहत रहेको मानव अधिकार तथा जनसरोकार समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै संघीय, प्रादेशिक तथा स्थानीय सरकारले नागरिकको स्वास्थ्य सुरक्षाप्रति समयमै संवेदनशिल बन्नुपर्ने अन्यथा समस्या जटिल बन्ने […]