विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् । बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रीत व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । सडक मानब, मानसिक रोगी लगायत असहायहरुलाई माया घरमा आश्रय दिएर राख्ने गरिएको छ । अहिले माया घरमा १०३ जना व्यक्तिहरु आश्रय लिएर बस्दै आएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण गरिएको म