म्याग्दीका बाढीपहिरो पीडितले पाएनन् आवास पुनर्निर्माण अनुदान

जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाले समयमा अनुगमन नगर्दा दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले घर निर्माणपछि पाउने दोस्रो/तेस्रो किस्ता पाउन सकेका छैनन् । निजी आवास पुनर्निर्माण भइसकेपनि राज्यले दिने भनी सम्झौता भइसकेको रकम निकासा नभएको भन्दै पीडित आन्दोलनमा उत्रेका छन् ।