औद्योगिक क्षेत्र निर्माणमा सबैको सहयोग आवश्यक : मन्त्री भण्डारी

राँझा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघले मंगलवार आयोजना गरेको अन्तरक्रियामा मन्त्री भण्डारीले राजनीतिक खिचातानीका कारण देशमा औद्योगिक क्षेत्रको विकास हुन नसकेको बताए । उनले औद्योगिक क्षेत्र निर्माण कार्य हुन नसक्दा वार्षिकरूपमा विकास बजेट फिर्ता हुने समस्याप्रति चिन्ता व्यक्त गर्दै नौवस्ता औद्योगिक क्षेत्र निर्माण कार्य सम्पन्न गर्नसके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्रविन्दुका रूपमा स्थापना हुने विश्वास व्यक्त गरे । उद्योग व्यवसायको विकासबाट मात्रै मुलुकमा आर्थिक समृद्धि हासिल हुने भएकाले स्थानीयस्तरमा देखिएका समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको समन्वय आवश्यक रहेको मन्त्री भण्डारीले उल्लेख गरे । उनले अहिले मुलुकमा ठूला व्यापारीका कारण आर्थिक संकट देखापरेको टिप्पणी गर्दै उद्योगी व्यापारीलाई चर्को शुल्क लिने नेपाल सरकार मातहत रहेका बैंक नभएको दाबी गरे । उनले सबै निजी बैंक तथा वित्तीय संस्थाका सञ्चालक नै उद्योगी रहेको उल्लेख गर्दै निजी बैंकको घेराबन्दीका कारण साना तथा मध्यम व्यापारीलाई थप समस्या देखापरेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य चक्र अधिकारी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, उद्योगी डोलनाथ खनाल, यातायात व्यवसायी मनप्रसाद आचार्यलगायतले विद्यमान उद्योगी व्यवसायीका समस्या मन्त्री भण्डारीलाई जानकारी गराएका थिए । रासस

सम्बन्धित सामग्री

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध : मन्त्री भण्डारी

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।  प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा ‘श्रमिकको हित विपरीत हुनेगरि श्रम मन्त्रालयले गरेका निर्णयसम्बन्धमा नीतिगत छलफलमा’ मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिम, अङ्ग्रेजी भाषा तथा पोस्टपेड सिम अनिवार्यलगायत मन्त्रालयका निर्णय श्रमिकको हितप्रति […]

श्रम नीति ल्याउने तयारीमा मन्त्री भण्डारी

काठमाडौं, ७ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारमा हुने ठगीको अन्त्य गर्ने तयारी थालेका छन् । अहिले राम्रो आम्दानी हुने देशमा कानुनी रुपमा जाँदा तीन लाख लाग्ने देशहरुमा नेपाली कामदारहरु इलिगल रुपमा जाँदा १२/१५ लाखसम्म तिर्न बाध्य भइरहेका छन् । राम्रो आम्दानी हुने देश विभिन्न देशहरुलाई श्रम गन्तव्यको […]

मन्त्री भण्डारी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सुक्खा बन्दरगाहका विषयमा राजदूत श्रीवास्तवको ध्यानाकर्षण गराएका थिए । उनले नेपालमा लगानी गर्ने उद्योगी व्यवसायीका लागि सरकारले सहज वातावरण बनाउने बताए । […]

मन्त्री भण्डारी डेन्जर जोनमा !

महोत्तरी । मधेस प्रदेशका चर्चित नेता सरद सिंह भण्डारी अहिले महोत्तरी क्षेत्र नम्बर २ मा  लोसपाबाट चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनमा समेत यहीँ क्षेत्रवाट भारी मतले विजयी भएका भण्डारी अहिले पनि यहीँ क्षेत्रलाई सुरक्षित महसुस गरेका छन् । सत्तागठबन्धन दल जसपा ५ दलबाट बाहिरिएपछि लोसपाको प्रवेश भएसँगै भागबन्डाअनुसार नै भण्डारी साझा उम्मेदवार पनि हुन् । त्यसैले पनि निर्वाचनमा आफ्नो […]