वीरगंज : मुङको दाल ल्याइएको कन्टेनरमा ठूलो परिमाणमा प्रतिबन्धित विदेशी चुरोट बरामद भएपछि त्यसरी ल्याउने कम्पनीलाई वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ११ करोड जरिबाना गरेको छ।
भन्सार कार्यालयका अनुसार दालको कन्टेनरभित्र चुरोट आयात गर्ने कम्पनी काठमाडौंको टोखास्थित कालिका इन्टरप्राइजेज प्रालिलाई जरिबाना गरिएको हो। कम्पनी सञ्चालक टोखाका नवराज गिरीले भन्सार क्लियरिङ…