टी–२० विश्व कप - न्युजिल्यान्डले स्कटल्यान्डलाई हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले हराएको छ ।यूएईको दुबईमा न्युजिल्यान्डले दिएकाे एक सय ७३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५६ रन मात्रै बनाउन सक्यो । उसका लागि मिचेल लियस्कले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बाेल्ट र इश साेधीले दुई/दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७२ रन बनायो । उसका लागि मार्टिन गुप्तिलले&n...