प्युठानमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मल्लरानी गाउँपालिकाको मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप मल्लरानी– ३ बुकेनी भीरबाट खसेर दुर्घटना हुँदा सवारी चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको हो ।घटनामा सहचालक दिनेश नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक प्रकाश खत्रीले रातोपाटीलाई बताए । गम्भीर घाइते नेपाली