म्याग्दी : बेनी नगरपालिका–४ सिङ्गास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने तथा पर्यटकहरुको रोजाइमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेको छ। बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा स्वादिलो हुने भएकाले उनीहरूको रोजाइमा परेको स्थानीयको भनाइ छ।तातोपानीमा स्नान गरेपछि असला माछा खाने र आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रुपमा लाने गरेका छन्। अहिले ताजा माछा प्रतिकिलो १५ सय रुपैयाँमा बिक्री हुने गरेको तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताइन्।को