तीन जिल्लाका एसपीको सरुवा, मोरङमा शान्तिराज कोइराला

प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका प्रहरी उपरिक्षक (एसपी) हरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ । सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव र ऋषिराम कँडेललाई पश्चिम नवलपरासीमा काज सरुवा गरिएको छ । सिन्धुपाल्चोकमा कार्यरत राजन अधिकारीलाई अख्तियारमा सरुवा गरिएको छ । पश्चिम नवलपरासीमा कार्यरत मनोजकुमार यादवलाई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय, पोखरामा सरुवा गरिएको छ । मोरङमा कार्यरत एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीप