चितवन- पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रूपमा प्रभावित भएको थियो । जेसीवीको प्रयोग गरी पहिरो हटाइएसँगै ११ बजे बाट सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।