तुलसीपुरका दुई अस्पतालद्वारा राहतमूलक कार्यक्रम सञ्चालन

दाङ - दाङको तुलसीपुरका दुई सरकारी अस्पतालले स्थानीय बासिन्दालाई राहतमूलक कार्यक्रम सुरु गरेका छन् । राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ भने प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा नाम दर्ता निःशुल्क हुनेछ । यसअघि नाम दर्ताको २० रुपैयाँ लाग्दै आएको थियो । प्रादेशिक अस्पताल तुलसीपुरमा सामाजिक  सेवा कार्यक्रम  सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क गर्न पाउने छन् । पहिलो पटक लक्षित समूहले आकस्मिक अवस्थामा पाँच हजार, ओपीडीमा...