काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त भएकाे बताएका छन्। उनले साेमबार प्रतिनिधिसभाकाे पहिलाे बैठकमा सम्बाेधन गर्दै यस्ताे बताएका हुन्। नयाँ दल र सांसदलाई बधाई तथा शुभकामना दिँदै उनले भने, ‘प्रचण्डले विश्वासको मत प्राप्त गर्नुहुनेछ भन्नेमा ढुक्क छु। जनताले परिवर्तनको अपेक्षा गरेका छ्न्। […]