७ असोज, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमाथि लगाइएको एकतर्फी प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । बुधबार अफगानिस्तानको मुद्दाबारे चर्चाको लागि आयोजना गरिएको जी२० को भर्चुअल सम्मेलनको क्रममा यीले यस्तो बताएका हुन् । चीनको विदेशमन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाइनुपर्ने बताएको छ । विज्ञप्तिमा अफगानिस्तानको वैदेशिक मुद्रा सञ्चिति त्यहाँको राष्ट्रिय सम्पत्ति […]