नेपालकै पर्यटक आकर्षणको केन्द्र मानिने रारा ताल जाने एक मार्ग हो नाग्म गमगडी सडक । हिउँदमा हिलो र वर्षायाममा धुलोले पर्यटक अन्य यात्रुले सास्ती पाइरहेकै छन् । तर हिमपातका कारण गएको एक हप्तादेखि नाग्म गमगडी सडक अवरुद्ध भएपछि आवतजावत बन्द भएको छ ।
सडक खण्डको घुचिलेकमा अत्याधिक हिउँ जमेपछि सडक अवरुद्ध भएको हो । पटक पटक अवरुद्ध हुँदै आएको नाग्म गमगडी सडक भ्रमण वर्षका बेला बन्द हुँदा सयौ पर्यटक प्रभावित भएको स्थानीय सर्पजित बुढाले बताए ।