कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्बरबहादुर थापाको नियुक्ति बदर गर्दै अन्तरिम आदेश माग गरिएकोमा सर्वोच्च अदालतले छलफलका लागि जेठ ३० गतेको पेशी तोकेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले आइतवार रिटको सुनुवाइ गर्दै दुवै पक्षबीच छलफल गरी अन्तरिम आदेश जारी हुने/नहुने विषयको निर्णय गर्न उपयुक्त आदेश गर्नका लागि जेठ ३० गते पेशी तोकेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बस्ने सूर्यमणि गौतमले मन्त्री थापाको नियुक्ति बदर गर्नका लागि अन्तरिम आदेश माग सहितको रिट निवेदन ...