१५ दिनपछि खुल्यो कर्णाली राजमार्गको नाग्म–गमगढी खण्ड

५ कात्तिक, जुम्ला । पहिरो पन्छाएपछि कर्णाली राजमार्गको नाग्म–गमगढी खण्ड सञ्चालनमा आएको छ । असोज तेस्रो हप्ताको वर्षा र पहिरोका कारण कर्णाली राजमार्गको यो खण्ड १५ दिन अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार कर्णाली राजमार्गको ९३ किलोमिटर क्षेत्रको यो खण्डमा खसेका १५० पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । […]