बजेटअघि कोशीमा सरकार नछाड्ने माओवादीको संकेत

११ वैशाख, विराटनगर । नेपाली कांग्रेस र एकीकृत समाजवादीले कोशी प्रदेश सरकार छाड्न माओवादीलाई दबाव दिएका छन् । राष्ट्रपति निर्वाचन (२५ फागुन) सँगै संघमा १० दलको नयाँ गठबन्धन बनेको छ भने प्रदेशहरुमा पनि समीकरण फेरिएको छ । कर्णाली, बाग्मती र मधेशमा एमाले सरकारबाट बाहिरिसक्यो भने एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकार आइतबार र लुम्बिनी प्रदेश […]

सम्बन्धित सामग्री

नाउपाको संकेत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादीको आशा

४ फागुन, धनगढी । २६ माघमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले २४ घण्टा नबित्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठलाई भेटे । टीकापुरस्थित सिद्धार्थ होटलमा भएको भेटमा शाहले श्रेष्ठसँग विश्वासको मत मागेका थिए । श्रेष्ठले तत्काल ठोस जवाफ दिन नसकिने बताएपछि उनले डिल्लीबजार कारागार पुगेर उक्त पार्टीका सल्लाहकार रेशम चौधरीलाई भेटेर विश्वासको मत […]

माओवादीको दोहोरो स्वाभावः कांग्रेससँग बार्गेनिङ गर्ने प्रचण्डको संकेत

माओवादीले आहिले पनि धेरै भन्दा धेरै मन्त्रालय लिने, राष्ट्रपति, सभामुख पनि लिने तथा सरकारको नेतृत्वमा दावी गर्ने गरी प्रस्तुत हुन खोजिरहेको छ । सत्ताको चुकुल आफूसँग रहेको जनाउदै माओवादीले एमाले र कांग्रेस दुवैसँग सरकार गठनबारे छलफल गर्न थालिसकेको संकेत गरेको छ ।

माओवादीको दोहोरो स्वाभावः कांग्रेससँग बार्गेनिङ गर्ने प्रचण्डको संकेत

माओवादीले आहिले पनि धेरै भन्दा धेरै मन्त्रालय लिने, राष्ट्रपति, सभामुख पनि लिने तथा सरकारको नेतृत्वमा दावी गर्ने गरी प्रस्तुत हुन खोजिरहेको छ । सत्ताको चुकुल आफूसँग रहेको जनाउदै माओवादीले एमाले र कांग्रेस दुवैसँग सरकार गठनबारे छलफल गर्न थालिसकेको संकेत गरेको छ ।

संघीय निर्वाचन लड्ने तयारीमा कुलमान !

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ४ मा हुने चुनाव लड्ने आकांक्षा देखाएका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि माओवादीसँग निरन्तर छलफलमा रहेका नेताहरुले बताएका छन् । माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य महेश्वर दाहालले घिसिङले माओवादीको तर्फबाट चुनाव लड्नका लागि आकांक्षा राखेको पुष्टि गरे । ‘कुलमान घिसिङले चुनाव लड्न इच्छा राख्नुभएको छ’, उनले रातोपाटीसँग भने, ‘माओवादीसँग भएको छलफलअनुसार नै अध्यक्ष प्रचण्डले संकेत पन

देउवामाथि ठूलै संकटको संकेत

काठमाडौं, २८ असार । प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिषमा बढी विश्वास गर्छन् । उनलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भनेको चर्चा चल्ने गरेको छ । ५ पटक भइसकेका छन् । तर, देउवालाई भाग्यले प्रधानमन्त्री त बनाउँछ देश चलाउँदा दुर्भाग्यशाली घटनाहरु घट्छन् । उनको प्रधानमन्त्रीबाट हट्दाको ४ पटक सुखद रहेन । देउवामाथि कुनैबेला प्रधानमन्त्री हुँदा सशस्त्र माओवादीको […]

वाम गठबन्धन भाग–२ को संकेत

अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।

माओवादीको महासचिवमा जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने संकेत

नेकपा माओवादी केन्द्रको महासचिवमा नेता जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने सम्भावना बढेको छ। महासचिवमा आकांक्षी धेरै भए पनि जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदै आएको थियो । अन्तिम घडीमा अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन चाहेको बुझिएको छ । तर, शर्माले आफू चुनाव लडेर भएपनि महासचिव बनिछाड्ने बताउँदै आएका छन् । माओवादीको महासचिवमा नेताहरु वर्षमान पुन, जनार्दन शर्माबाहेक कृष्ण बहादुर महरा, पम्फा भुसाललगायतले पनि दावी गर्दै आएका थिए ।  महासचिवमा सन्तु

माओवादी केन्द्रको महाधिवशनले सुधार्‍यो एमाले र माओवादीको सम्बन्ध

तिक्ततापूर्ण सम्बन्ध रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको दरार साँघुरो हुँदै गएको संकेत देखिएको छ । गत वर्षको पुसयता भेटघाट त टाढाको कुरा राम्ररी संवाद समेत नभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचमा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आइतबार टेलिफोन वार्ता भएसँगै संवादको ढोका खुलेको छ । हुन त गत मंसिर २४ गते कांग्रेसको १४ औं महाधिवेशनमा ओली र प्रचण्ड करीब ११ महिनापछि एउटै मञ्चमा देखिएका थिए । गत वर्षको पुस ५ मा तत्कालिन प्रधानमन्त्रीको रूपमा केपी ओलीले संसद विघटन ...

टीके प्रथा अन्त गर्दै माओवादीमा पनि चुनाव

काठमाडौं, ८ पौष । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा स्पष्ट रुपान्तरण देखिएको छ । विगतमा अध्यक्ष सर्वसम्मतले बन्ने र उनैले पदाधिकारी र केन्द्रीय कमिटीमा सदस्यहरु छान्ने गरेकोमा यसपटक चुनावको संकेत देखिएको छ । माओवादीको वडा हुँदै पालिका, जिल्ला र प्रदेशसम्म पुग्दा सहमति बन्न नसक्दा चुनाव भइरहेका छन् । प्रदेशमा दाबेदारहरु बढेपछि चुनाव भएको छ । […]

फेरि पनि माओवादीको पक्षमा जनलहर आउने संकेत देखिन थालेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि पनि पार्टीको पक्षमा जनलहर आउने संकेतहरु देखिन थालेको बताएका छन् । ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीको पक्षमा जनलहर आएजस्तै त्यस्तो संकेत फेरि देखिन थालेको प्रचण्डको दावी छ।  शुक्रबार नेपाली जनप्रगतिशील मन्च कतारको पाँचौ अधिवेशनलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रचण्डले देशैभर माओवादीको पक्षमा जनआकर्षण देखिएको र पार्टीमा ८ लाख भन्दा बढी संगठित सदस्य अबद्ध भइसकेको बताए । ‘०६४ सालको जस्तै माओवादीको पक्षमा जनलहर आउने संकेत