स्वस्तिक अस्पतालमा इन्डोस्कोपी गर्दा बिरामीको मृत्यु, रातारात मिलापत्र

धनगढी : धनगढीको स्वस्तिक अस्पतालमा हिजो शुक्रबार एक बिरामीको मृत्यु भएको छ। सुरक्षा स्रोतका अनुसार उपचाररत अवस्थामा एक महिला बिरामीको अस्पतालमा मृत्यु भएको हो।स्रोतको भनाइअनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका-५ गुलरियाकी ६६ वर्षीया जमुना देउवाको उपचारका क्रममा मृत्यु भएको हो।जमुनालाई मुखबाट रगत आउने समस्या भएपछि अस्ति उपचारका लागि चटकपुरस्थित स्वस्तिक अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याएर उपचार सुरु गरिएकोमा दोस्रो दिन नै उनको मृत्यु भएको बताइएको छ।हिजो बिहानसम्म जमुनाको अवस्था सामान्य रहे