काठमाडौं : नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि हातहतियार खरिद गर्नु अत्यावश्यक भएको बताएको छ। प्रहरी प्रधान कार्यालयले विज्ञप्ती जारी गर्दै समयसमयमा जनधनको क्षति हुने शान्ति, अमनचैन खलबल्याउने र प्राकृतिक दङ्गा, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी नागरिकको सुरक्षाका लागि पनि कम घातक हातहतियार, छोटा दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलको आवश्यकता रहँदै आएको जनाएको छ।कार्यालयले प्रहरीका लागि आवश्यक पर्ने हातहतियार खरिदसम्बन्धी प्रकाशित समाचारप्रति गम्भीर ध्याना