भर्चुअल मुद्राको कारोबार नगर्न राष्ट्र बैंकको पुनः चेतावनी

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, बिटक्वाइन, नेटवर्क मार्केटिङ्ग, हाइपर फण्डलगायतको कारोबार नगर्न चेतावनी दिएको छ । राष्ट्र बैंकले सूचना निकालेर नेपालमा कुनै पनि प्रकारका भर्चुअल मुद्राको कारोबार गर्नु गैरकानुनी रहेको पुनः स्मरण गराएको छ । क्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल अर्थात कुनै भौतिक अस्तित्व नभएको मुद्रा हो। यसअघि पनि राष्ट्र बैंकले सूचना निकालेर पटक पटक सचेत गराएको थियो । नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीलगायतले कानुनी मान्यता नपाएको, कारोबार वैध न...