काठमाडौं महानगरले आज र भोलि खोप अभियान सञ्चालन गर्दै

काठमाडौं  : काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोनाविरुद्धको खोप लगाउने भएको छ। खोप अभावका कारण रोकिएको खोप अभियान अन्तर्गत आज र भोलि काठमाडौंका विभिन्न स्थानहरुमा खोप लगाउने महानगरका स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए।उनका अनुसार जेठ २५ गते काठमाडौं उपत्यकालगायत देशभर सुरु भएको खोप अभियान काठमाडौंमा खोप अभावका कारण स्थगित भएको थियो।खोप अभाव भएपछि जेठ २७ गते सूचना जारी गरेर नै स्थगित गरेको कुँवरको भनाइ छ। उनी खोकिएको खोप जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार पुनः सं

सम्बन्धित सामग्री

काठमाडौंको ३२ वटै वडामा एस्ट्राजेनिका र भेरोसेलको दोस्रो मात्र खोप लागाइँदै

काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले आज र भोलि ३२ वटै वडाबाट खोप अभियान गरेको हो । महानगरपालिकाले एस्टाजेनेकाको दोस्रो डोज र भेरोसेलको पहिलो र दोस्रो डोज सञ्चालन गरेको हो। १८ वर्ष माथिका सबै नागरिकले परिचयपत्रका साथमा विहान १० देखि ४ बजेसम्म खोप केन्द्रमा पुगेर खोप लिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

चितवनमा आजदेखि खोप अभियान शुरु

जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने छ । यही साउन ३ गते सरकारी, निजी र सामुदायिक विद्यालय तथा क्याम्पसका प्राध्यापक, शिक्षकलाई खोप लगाइने छ । यसका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाबाट प्रमाणित गरेको प्रतिलिपि र कार्ड अनिवार्य गरिएको कार्यालयका प्रमुख दीपकप्रसाद तिव