काठमाण्डाै – ग्रीन हाइड्रोजन परियोजनाको लागि नेपाल आयल निगम र काठमाण्डौ विश्वविद्यालय (केयू)बीच सम्झौता भएको छ । गएको पुसमा भएको समझदारी अनुसार हाइड्रोजन इन्धनको विकासको लागि निगम र काठमाण्डौ विश्वविद्यालयबीच पाँच करोड रुपैयाँको सम्झौता भएको हो ।
सम्झौतापत्रमा निगमको तर्फबाट निर्देशक दीपक बराल र केयूको स्कुल अफ इन्जिनियरिङका डीन डाक्टर डम्बरबहादुर नेपालीले हस्ताक्षर गर्नुभएको छ । नयाँ सम्झौतासँगै हाइड्रोजन इन्धनको अध्ययनलाई थप फराकिलो बनाउन सहयोग पुग्ने मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापाले बता...