दाङ : दाङमा प्रहरीले अवैध हतियार पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बाग्लुङको बुर्तिबाङ झियाखोला घर भई हाल लमही नगरपालिका–३ बस्ने २० वर्षीय सोमु विक, रूपन्देही शुद्धोधन गाउँपालिका–२ भुजौली घर भई लमही–३ बस्ने ४० वर्षीय कमल भनिने रुकमान सुनार र लमही–३ मझगाउँस्थित फर्निचर तथा आरन सञ्चालन गरी बस्ने करिब ७३ वर्षीय मुमबहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।बिहीबार लमही–३ टिकुलीगढमा करिब २० वर्षीय युवकले पेस्तोल जस्तो बस्तु बोकेर हिँडि