फरैना : उत्पीडितको बुलन्द आवाज

दिनहरू बित्दै गइरहेका थिए । समयको सिर्के सिरेटो सबैको शिर छुँदै, भाग्दै गरिरहेथ्यो । घाम, जून, मैदान र नदीहरू आफ्नै लयमा बाँचेका थिए । देशमा चेतनाको लहर क्रमशः फैलँदै थियो । देशमा विवेकको बत्ती बल्नु भनेको झिङ्नी गाउँ पनि धेरथोर उज्यालो हुनु थियो । यसै सिलसिलामा कमैया मुक्ति आन्दोलनपछि गठित आयोगले आफ्नो प्रतिवेदन पेस गर्यो […]