सर्लाहीको मलंगवास्थित खुटौनाको डेढ बिगाहाको दुई वटा ऐलानी पोखरीलाई पुरेर त्यसलाई अर्काको नाममा नामसारी गर्न लागेको रहस्य खुलेको छ । यो प्रकरणमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं सांसद प्रमोद साहको नाम पनि मुछिएको छ । त्यसको मुख्य योजनाकार नै साह रहेको स्थानीयवासी बताउँछन् ।खुटौनाका बासिन्दा रामगोपाल यादवले भने, ‘महारानी ब्रहमबाबा पोखरी हाम्रो पुर्खौली पोखरी हो, हाम्रा हजुरबुबाहरुले त्यो पोखरी पञ्चायत (गाउँपालिका) मा दिइसक्नु भएको थियो । पछि गाउँपालिकाले त्यो पोखरीमा माछा ठेक