चितवन । चितवनको भरतपुर महानगरपालिकामा अहिले बिहान ९ बजेबाट मतगणना सुरु हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले बिहान ९ बजेदेखि मतगणना सुरु हुनेछ । सर्वदलीय बैठक बसेर सो निर्णय गरिएको हो ।
नवलपरासीको मध्यविन्दु नगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको सातवटा स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको भए पनि मध्यविन्दुमा भने शनिबार साँझ ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । मतगणना गर्ने विषयमा बसेको सर्वदलीय बैठक कुनै निर्णय आउन सकेको छैन । दलले निर्णय लिन नसकेपछि मतगणना सुरु भएको मध्यविन्दु नगरपालिकाका निर्वाचन अधिकृत महेन्द्र पौडेलले जानकारी दिए । सदर गर्ने मत र बदर गर्ने मतको विषयमा सहमति जुटेपछि मध्यविन्दुको वडा नं १ बाट मतगणना सुरु गरिएको पौडेलले बताए । पन्ध्र वटा व
पोखरा महानगरपालिकामा मत गणना सुरु भएको छ। मतदानको २३ घण्टा पछि पोखरामा मतगणना सुरु भएको हो। विभिन्न विषयमा दलहरुका बीच स्पष्टता पार्दै मतगणना सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले...
पर्सा – पर्साकाे वीरगञ्ज महानगरपालिकाकाे मतगणना सुरु भएकाे छ । वीरगञ्जमा केहीबेरअघि मतगणना सुरु भएकाे हाे ।
अहिले वडा नम्बर १, २, ३१ र ३२ को मतगणना सुरु भएकाे हाे । बिस्तरै अन्य वडाकाे सुरु गर्ने तयारी छ ।
ललितपुर – पालिका चुनाव अन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना सुरु भएकाे छ । जावलाखेलकाे स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु भएको हो ।
अहिले ललितपुर महानगरकाे वडा नम्बर १ बाट मतगणना सुरु भएकाे हाे । अब बिस्तारै अन्य वडाको पनि मतगणना हुनेछ ।
काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि केही बेर अघिदेखि मतगणना सुरु भएको हो । सुरुमा उपमहानगरपालिकाको वडा नम्बर १ बाट मत गणना सुरु गरिएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए । उनका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना सुरु भएको छ । बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो । एक उपमहानगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा बाँकेका आठ स्थानीय तहमा तीन लाख २९ हजार ४७३ मतदाता रहेका छन् । बाँकेका आठ स्थानीय तहमा १३६ मतदानस्थल र ३७९ मतदान क
शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ। अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिकासहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ।...
उदयपुरमा मतगणना सुरु भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न ४ वटा पालिकामा मतगणना सुरु भएको हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिकासहित ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मतगणना भइरहेको हो ।