प्रधानमन्त्रीको सभाबाट ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएका युवाहरु पक्राउ

कैलाली : कैलालीको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभाबाट ६ जना युवाहरू पक्राउ परेका छन्। धनगढीको खुला मञ्चमा आयोजना भएको ओली समूहको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएका युवाहरु पक्राउ परेको प्रहरीले जनाएको छ। निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएर बिरोध जनाएका ६ जनालाई सशस्त्र…

सम्बन्धित सामग्री

भागरथी हत्यामा संलग्न अपराधीलाई छाडिन्न : प्रधानमन्त्री

१ फागुन, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम …

'निर्मलाका हत्यारा पत्ता लगाउन नसक्ने प्रधानमन्त्रीले धनगढी आएर ठूला गफ दिए'

अर्का सदस्य दीव्यकुमारी शाहले धनगढी आएर प्रधानमन्त्रीले ठूलठूला गफ दिए पनि निर्मला पन्त हत्याका घटनाका दोषीलाई पत्ता लगाउन नसकेको बताइन् । निर्मलाको लागि न्याय खोज्नेहरूलाई उल्टै सरकारले पक्राउ गरेको उनले उल्लेख गरिन् ।

ओलीको आमसभा : निर्मलालाई न्याय माग्दा पक्राउ, कालो टोपी लगाउनेलाई रोक

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा सम्बोधन गरेको आमसभास्थलबाट प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खोइ ?’ लेखिएको टिसर्ट लगाउने सात युवालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री ओलीको अगाडी निर्मला पन्तलाई न्याय माग्ने सात यूवा पक्राउ

काठमाडौं। प्रधानमन्त्री केपी ओली सहभागी हुन पुगेको धनगढीको आमसभाबाट प्रहरीले सात युवालाई पक्राउ गरेको छ । ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको सेतो टिसर्ट लगाएर कार्यक्रममा आएका सात यूवालाई प्रहरीले पक्राउ गरेको हो ।

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउनेहरु पक्राउ

२४ पुस, धनगढी । ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको […]

‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने युवाहरु पक्राउ

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा ‘निर्मला पन्तका बलात्कारी खोई ?’ लेखेको टिसर्ट लगाउने युवाहरु पक्राउ परेका छन् । धनगढीस्थित खुला मञ्चमा आयोजना भएको नेकपा ओली समूहको जनसभाबाट युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सभाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले ६ जना युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।  दुई वर्ष अघि २०७५ साउन ११ गते महेन्द्रनगरको निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया बालिका निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ। उनीहरुले निर्मलाको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए । हामीलाई गालीगलौज गर्ने फुर्सद छैनः प्रधानमन्त्री ओली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाललाई आफूहरुलाई गालीगलौज गर्ने फुर्सद नभएको दाबी गर्नुभयो । देश बनाउने सरकारको प्राथमिकता भएको उल्लेख गर्दै ओलीले गालीगलौज गर्न फुर्सद नभएको ओलीको भनाई थियो । प्रचण्ड–माधवकुमार नेपालसँग मुखमुखै लाग्न, दन्तबझान गर्ने फुर्सद नभएको ओलीको भनाई थियो । ‘बाटामा गएर मुख छाडेको छ, सभ्यता केही छैन । हामीलाई उहाँहरूसँगै गालीगलौज गर्न, दन्तबझान गर्ने फुर्सद छैन । देश बनाउनु छ’ ओलीले भन्नुभयो ।

निर्मलालाई न्याय दिन डिजिटल आन्दोलन : प्रधानमन्त्रीसहितको फेसबुकमा कमेन्टको ओइरो

काठमाडौँ :  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै नेपालमा फेरि एक पटक ‘डिजिटल आन्दोलन’ अभियान चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओली लगायतका देशका विभिन्न नेताको फेसबुकको प्रोफाइलमा गएर फेसबुक प्रयोगकर्ताले  निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नयाँ अभ...

पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्ने आश्वासन दिनु भएको छ । प्रधानमन्त्री ओलीले किशोरी पन्तको हत्याका सम्बन्धमा गहिरो छानबिन गर्न सरकारले नयाँ छानबिन समितिलाई आवश्यक निर्देशन दिएको स्पष्ट पार्नुभयो । शनिबार निर्मला हत्याकाण्डको यथाचित छानबिन गर्न मा...