शालिक विवादले सम्झाएका यम बुद्ध

यम बुद्ध । यो नाम विगत केही दिनदेखि पुनः चर्चामा पुगेको अवस्था छ । काठमाडौँ महानगरका मेयर बालेन शाहले उनको शालिक बनाउने उद्घोष गरेपछि यम बुद्धको चर्चा चुलिएको हो । उनी को हुन् ? किन चर्चा हुँदै छ ? भन्ने खालका प्रश्न धेरैको मनमा आइरहेका छन् । यम बुद्धको खास नाम अनिल अधिकारी हो । धनकुटाको लुगुवामा जन्मिएका यम बुद्ध सानै उमेरमा नै काठमाडौँ आएकाले उनले काठमाडौंलाई नै आफ्नो ठाने । सानै उमेरबाट नै गीत सङ्गीत र कला क्षेत्रमा रुचि राख्ने मिजासका थिए उनी । कालान्तरमा उनी र्‍याप गायनमार्फत् नेपाल