नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुनेगरी विधान संशोधन गरेको छ । कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउनेगरी विधान संशोधन गरेको हो ।
यसअघि भने कांग्रेस विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो । कांग्रेस नेता रमेश लेखकले कोरोना महामारीलाई ध्यान दिँदै अधिवेशनमा भीडभाड नहोस् भनेर यस्तो व्यवस्थासहितको विधान संशोधन...