राष्ट्रिय सभाका सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका छन्। दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान स्थिति, कार्यान्वयनमा देखिएका समस्या र समाधानका लागि गरिएको प्रयासका सन्दर्भमा गरेको छलफलका क्रममा सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको बताएका हुन्।