विदेशी मुद्राको अपचलन गर्नेविरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गर्नेविरुद्ध ४३ हजार रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको छ । विभागले नवलपरासी सरावल गाउँपालिकाका आनन्द प्रसाद कलवरविरुद्ध मुद्दा दायर गरेको हो ।कलवरले विदेशी विनिमयको अपचलन गरेको भन्दै धादिङ सिम्ले अस्थायी प्रहरी चौकीले पत्र पठाएको थियो । सोही पत्रअनुसार, कलवारलाई पक्राउ गरेर कारबाहीका लागि असार १४ गते विभागमा पेश गरिएको थियो । विभागले कलवारको साथबाट भेटिएको विदेशी मुद्राको सटहीदरअनुसार ६ ला ३५ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा ओसारप्रसार ग