आजदेखि लागू हुने गरी दुधको मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढ्यो

काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले दुधको उपभोक्ता मूल्य बढाएको छ। यसअघि दुधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा आजदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ हुने भएको छ। डिडिसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर ८५ निर्धारण गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णयअनुसार डिडिसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ मू