घमण्ड (कथा)

एउटा ठूलो राज्य थियो मुगल । त्यहाँका जनता खुसीसाथ रहन्थे । त्यस राज्यका राजा निकै नै दयालु र असल स्वभावका थिए । उनी आफ्ना जनतालाई निकै नै माया गर्थे । राज्य चलाउन सहयोगका लागि उनले मन्त्री चयन गर्ने विचार गरे । उनले महिम नामको एक असल मान्छेलाई मन्त्री छाने । असल मानिस मन्त्री छानिएको कुरा सुनेर जनता देशमा केही परिवर्तन हुन्छ कि भन्ने कुरा ठान्थे । दिनहरू बित्दै गए महिम मन्त्री बनेपछि पहिलो २४ महिना राम्रा काम गरे । विस्तारै मन्त्रीको मनमा लोभ लाग्न थाल्यो ।