काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सभामुखको सचिवालयले खण्डन गरेको छ। पार्टीको नाम उल्लेख नगरी सचिवालयले यसको पुष्टि गर्न चुनौती पनि दिएको छ। अमेरिकी सहयोग परियोजना (एमसिसी) सभामुखले टेबल गरेपछि देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएको सचिवालयको दाबी छ।एमालेले हिजो मंगलबार पत्र