नेपाल–भारत मैत्रीपूर्ण फुटबल बराबरी

नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बराबरी गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो ।सुरुवाती अग्रता गरेको नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको ३६औं मिनेटमा नेपालका अञ्जन विष्टले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई […]

सम्बन्धित सामग्री

यस्तो रह्यो नेपाल-भारत मैत्रीपूर्ण फुटबल [तस्वीरहरू]

दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई २–१ ले पराजित गरेको हो ।  भारतका लागि कप्तान सुनिल क्षेत्री र फारुक चौधरीले गोल गरे । नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।  सबै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो ।  भारतको पोष्टमा नेपालले गरेका धेरै प्रहारहरू खेर गरेका थिए भने अवसरको सदुपयोग पनि गर्न सकेनन् ।  बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी

दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।  नेपालले राम्रो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । भारतले पनि पाएका अवसरहरूलाई गोलमा परिणत गर्न सकेन ।  बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।