जुट आयातमा भारतीय भेदभाव : भारतले लगाउँदै आएको ४% भन्सार हटाउन माग

विराटनगर । भारतले नेपालबाट निकासी हुने जुटका तयारी वस्तुमा लगाउँदै आएको एन्टी डम्पिङ ड्यूटी (एडीडी) हटाउन उद्योगीहरूले माग गरेका छन् । बंगलादेशबाट भारत निकासी हुने जुटमा भने भारतले एडीडी लगाएको छैन । नेपाली उद्योगीले एन्टी डम्पिङबापत भारत सरकारलाई ३० करोड रुपैयाँ वार्षिक शुल्क बुझाउँदै आएका छन् । तर, बंगलादेशका उद्योगीहरूले भने एक पैसा बुझाउँदैनन् । नेपाली उद्योगले वार्षिक साडे ७ अर्बको तयारी जुट निकासी गर्दै आएका छन् । ५० प्रतिशतभन्दा बढी कच्चा जुट भारतबाट नै ल्याएर नेपालका उद्योगहरूले यहाँबाट जुटका तयारी वस्तु भारतीय बजारमा विक्री गर्दै आएका छन् । भारतीय जुट बजारमा नेपालको उत्पादनले मुश्किलले २ प्रतिशत स्थान ओगट्छ । प्रविधि, कच्चा पदार्थ, मेशिनरी र प्राविधिक समेत भारतकै प्रयोग हुन्छ । नेपालका मोरङ र सुनसरीमा सञ्चालित जुटमिल सीमाक्षेत्र नजीकै भएकाले मजदूरहरूसमेत भारतबाट काम गर्न आउँछन् । भारत सरकारले खाद्यान्न प्याकेजिङमा जुटको बोरा अनिवार्य प्रयोग गर्नुपर्ने नीति लिए पनि भारतको उत्पादनले नपुगेर प्लास्टिकका बोरामा समेत खाद्यान्न प्याकिङ गरिरहेको छ । नेपाली जुटको तयार वस्तुले भारत सरकारको नीतिलाई नै सघाउ पुर्‍याउँदै आएको अवस्थामा भारतले नेपाली उद्योगको उत्पादनलाई लगाउँदै आएको एडीडी खारेज गर्नुपर्ने माग नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले गरे । एडीडीका कारण भारतीय उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन । त्यसैले सरकारले भारतसँग वार्ता गरेर वा कूटनीति माध्यमबाट ५ वर्षदेखि लाग्दै आएको एडीडी खारेज गर्नुपर्ने उनले माग गरे । नेपालका जुट उद्योगमा ३० हजार मजदूर कार्यरत छन् । भारत सरकारले प्रत्येक ५ वर्षमा ड्यूटी माथि पुनरवलोकन गर्दै आएको छ । नेपाली जुटका उत्पादनलाई उसले एडीडी लगाएको ५ वर्ष पूरा भएको छ । भारतीय पक्षले पुनरवलोकन गरेर ड्यूटीमा संशोधन र परिमार्जन गर्नुअगाडि नै नेपाल सरकारले वार्ता गरेर महसुल नै खारेज गराउन नेपाली व्यवसायीले माग गरेका हुन् । पाँच वर्षअघि भारत सरकारसमक्ष नेपाल जुट उद्योग संघले एडीडी हटाउन पटकपटक माग गरेको थियो । त्यतिबेला भारत सरकारका कर विज्ञको टोली आएर मोरङ र सुनसरीमा रहेका जुट उद्योगहरूको स्थलगत भ्रमण गरी फरकफरक उत्पादनमा फरकफरक दरले एडीडी लगाउने निर्णय गरेको थियो । उद्योगका फरक–फरक उत्पादनमा प्रतिशत एडीडी लगाएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव दिनेश भट्टराईले भारतले लगाउँदै आएको एडीडी खारेजीका लागि भारतीय कानून र त्यहाँ भइरहेको प्रयोगबारेमा अध्ययन गरी कूटनीतिक तवरबाट सामाधानका लागि मन्त्रालयले पहल गर्ने बताए । उनले भने, ‘प्रोभिजन र पोजिसन अध्ययन गरी भारतको कानून हेरेर योजना बनाउँछौं ।’ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कोषाध्यक्ष एवम् स्वस्तिक जुटका सञ्चालक रमेश राठीले नेपालजस्तै बंगलादेशले पनि जुटको तयारी वस्तु भारतीय बजारमा पठाइरहेको छ । तर, त्यहाँको उत्पादनलाई भारतले नेपाललाई जस्तो एडीडी लगाएको छैन । भारतले बंगलादेशका १६ ओटा जुट उद्योगका उत्पादनलाई एडीडी नलाउने निर्णय गरेको छ । बंगलादेशका अन्य जुट उद्योगको उत्पादन पनि तिनै १६ ओटा जुट मिलको नाममा भारतीय बजारमा आइरहेको छ । त्यसमा भारत सरकार मौन रहेको उनले बताए । उनले भने, ‘बंगलादेशका १६ ओटा जुट उद्योगको उत्पादनबाहेकको उत्पादनमा एडीडी नलाग्दा त्यहाँ भारत सरकारले राजस्व गुमाइरहेको छ ।’ यहा रहेका ११ मध्ये जुट उद्योगमध्ये ६ जुट उद्योग बन्द छन् । बाँकी सञ्चालनमा रहेका पाँच जुट उद्योगमा अरिहन्त, रघुपति, स्वस्तिक, बाबा र नेपाल जुट हुन् । नेपाल सरकारले भारतीय सरकारसँग वार्ता गरेर एडीडीको समस्या समाधान गरेमा कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेका उद्योगले राहत पाउने राठीको धारणा छ । सरकारले एडीडी खारेज गरे उद्योगहरू थप उत्पादन क्षमता वृद्धि गरे रोजगारीको थप सृजना हुने राठीले बताए । भारत सरकारले एडीडीसँगै साढे १२ प्रतिशत काउन्टर भ्यालिङ ड्यूटी लगाएको थियो । नेपालबाट निर्यात भई जाने जुटका वस्तुमा १७ जुलाई २०१५ देखि १२ प्रतिशत काउन्टर भ्यालिङ ड्यूटी (सीभीडी) लगाएको थियो । यसपछि जुट उद्योगीले भारत सरकारसित यसलाई हटाइदिन धेरै अनुरोध गरे । जुट उद्योगीले भारत सरकारकै सुझावअनुसार १६ डिसेम्बर २०१६ मा त्यहाँको केन्द्रीय अर्थ मन्त्रालयको राजस्व विभागमा सीभीडीविरुद्ध प्रोटेस्ट लेटर दर्ता गराए र त्यही दिनदेखि भन्सारमा सीभीडीको रकम धरौटीका रूपमा राखे । भारत सरकारले नेपालका जुट उद्योगका उत्पादनमा लागेको सीभीडी २० अप्रिल २०१७ मा फिर्ता लियो । तर, प्रोटेस्ट अवधिभरको सीभीडीको रकम नियमअनुसार फिर्ता गर्नुपर्ने भए पनि गरेको छैन । नेपाली उद्योगीको धरौटी वापदको २० करोड रुपैयाँ भारत सरकारले अभैm फिर्ता गरेको छैन ।

सम्बन्धित सामग्री

भारतले लगानी गरेको विद्युत मात्र भारतले किन्ने प्रावधान सिन्डिकेट हो: एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले ‘भारतले लगानी गरेको विद्युत मात्र भारतले किन्ने’ भन्ने सम्झौतामा हस्ताक्षर गरेर सरकारले सिन्डिकेटलाई प्रशय दिएको आरोप लगाएका छन्।...

इंग्ल्याण्डविरुद्ध भारतले २२९ रन बनायो

१२ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले इंग्ल्याण्डविरुद्ध २२९ रन बनाएको छ । लखनउमा पहिला ब्याटिङ गरेको भारतले ५० ‌ओभरमा ९ विकेट गुमाउँदै २२९ रन बनाएको हो । जारी विश्वकपमा अपराजित रहेको भारतले पहिलो पल्ट पहिला ब्याटिङ गरेको हो र यो उसको सबैभन्दा कमजोर ब्याटिङ प्रदर्शन हो । यसअघिका पाँचै खेलमा दोस्रो ब्याटिङ गरेर भारतले […]

भारतले भियतनामलाई दियो युद्धपोत

९ साउन, काठमाडौं । भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको छ । भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ । गत शनिबार भारतले ‘आईएनएस कृपाण’ नामको युद्धपोत भियतनामको सेनालाई दिएको हो । भारतले मिसाइसहितको युद्धपोत कुनै देशलाई दिएको यो पहिलो पटक हो । भियतनामको केम राह्नमा आयोजित समारोहमा युद्धपोत […]

मापदण्डविपरीत भारतले खनेका खाडल पुरिए

नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधजस्तो सडक दाँयाबायाँ अन्तर्राष्ट्रिय मापदण्डविपरीत भारतले रूख रोप्ने खाडल तयार पारेको छ।...

भारतले भर्चुअल सम्मेलन गर्ने

भारतले पुस २८ र २९ गते विशेष भर्चुअल शिखर सम्मेलन आयोजना गर्ने भएको छ।

भारतले बंगलादेशलाई हरायो

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई हराएको छ । अष्ट्रेलियाको एड्लेडमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डी.एल पद्धतिको आधारमा ५ रनले हराएको हो । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । भारतले दिएको १ सय ८५ रनको […]

भारतले अस्ट्रेलियालाई हरायो

काठमाडौं : अस्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वेन्टी सिरिजमा भारतले जित निकालेको छ। नागपुरमा जारी तीन म्याचको सिरिजको दोस्रो खेलमा भारतले ६ विकेटको जित निकालेको हो। वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा भारतले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। अस्ट्रेलियाले पूरै ओभरमा पाँच विकेटको क्षतिमा ९० रन बनायो। जसमा म्याथु वेडले सबैभन्दा धेरै ४३ तथा एरोन फिन्चले ३१ रन जोडे। भारतका लागि अक्षर पटेल २ तथा युजबेन्द्र चहलले १ विकेट लिए। ९१ रनको लक्ष्यसहित जवाफी ब्य

टीट्वान्टी सिरिज: भारतले आयरल्याण्डलाई हरायो

काठमाडौं, असार १५ । दोस्रो तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रियमा भारतले आयरल्याण्डलाई हराएको छ । मंगलबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ४ रनले हराएको हो । यस जितसँगै भारतले दुई खेलको सिरिज २–० ले जितेको छ । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । भारतले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको […]

भारतले परमाणुयोग्य क्षेप्यास्त्र परीक्षण गर्‍यो

नयाँ दिल्ली । भारतले परमाणु क्षमतायोग्य क्षेप्यास्त्र परीक्षण गरेको छ । चीनसँगको बढ्दो सीमा विवादकाबीच भारतले अन्तरदेशिय ब्लालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । भारतले बुधबार राति सफलतापूर्वक अग्नी ५ नामक क्षेप्यास्त्र परीक्षण गरेको सरकारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । सो क्षेप्यास्त्र बे अफ बंगाल नजिक खसालिएको बताइएको छ । भारतले परीक्षण गरेको ब्यालिस्टिक क्षेप्यास्त्र […]

भारतले खोल्यो कोइलाको निकासी

एजेन्सी। भारतले कोइलाको निकासी फुकुवा गरेको छ। बुधबारदेखि लागू हुने गरी भारतले निकासी फुकुवा गरेको हो। यसबाट नेपाललाई तेस्रो मुलुकबाट कोइला आयात गर्नुपर्ने बाध्यता हटेको छ। यसअघि भारतले कोइला निर्यात नगर्दा नेपालले अफ्रिका र अष्ट्रेलियाबाट आयात गर्दै आएको थियो। थोरै परिमाणको कोइला टाढाबाट ल्याउँदा त्यसको लागत बढ्न जान्थ्यो। अब भने नेपालका सिमेन्ट उद्योगीले भारतबाटै कोइला आयात गर्न सक्छन्।