सर्वोच्चको पूर्ण बैठकको निर्णय : गोलाप्रथासम्बन्धी व्यवस्था पास, आजै कानुन मन्त्रालय पठाइने

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बाहेकका न्यायाधीशहरूको आज बसेको बैठकले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो। पूर्ण बैठकले नियमावली संशोधन गर्ने तथा निर्देशिका पास गर्ने निर्णय भएको सर्वोच्च स्रोतले जनाएको छ।यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट पेसी तोक्ने छ। आजको निर्णयसँगै करिब तीन सातादेखि अवरु