स्कुलमै मनाइयो “इन्द्र जात्रा”

रथहरू लस्करै तानिएको छ । ती रथमा विराजमान छन्, जीवित देवी कुमारी, गणेश र भैरव । पछि पछि छन् पुलुकिसी, मजिपा लाखे आजु, सवभक्कु अनि बाजा बजाउँदै लाइनमा आएका परम्परागत पोसाकमा सजिएका अरू सहभागी ।जात्रा हेर्नको लागि हरेक तलामा विद्यार्थीहरू उभिइरहेका छन् । आँखै झिमिक्क नगरी हरेक क्रियाकलाप नियालिरहेका छन् । कोही धिमे र भुस्याको तालमा मग्न भएर नाचिरहेका छन् त कोही होस्टे हैँसे गर्दै रथ तानिरहेका छन् ।विद्यार्थीलाई इन्द्र जात्राको प्रमुख दिन हुने क्रियाकलाप प्रत्यक्ष रूपमा अनुभूत गराउनको लागि नक्सालमा