अस्ट्रेलिया र क्यानडाको केराउ नेपाल हुँदै भारत तस्करी, दोब्बरले बढ्यो आयात

वीरगंज : तेस्रो मुलुकबाट ठूलो परिमाणमा केराउ आयात गरी भारततर्फ तस्करी हुने क्रम बढेको छ। सुक्खा सेतो र हरियो रंगको केराउ आयातमा नेपाल सरकारले राजस्व दरबन्दी न्यून राखेपछि यसको तस्करी गर्ने क्रम बढेको हो। कृषिजन्य तथा खद्यान्न सामग्री भन्दै सरकारले केराउमा १५ प्रतिशत मात्र भन्सार महसूल लिने गरेको छ।