चीन सरकारले कारवाही गरेपछि ज्याक माको ११ अर्ब डलर स्वाहा

चीन सरकारले कारवाही गरेपछि अक्टोबर महिनाको अन्त्यदेखि अहिलेसम्म अर्बपति ज्याक माले ११ अर्ब डलर गुमाएका छन् ।  चीनको विद्युतीय व्यापार क्षेत्रका अग्रणी व्यवसायी ज्याक माको सम्पत्ति बढेर ६१.७ अर्ब डलर पुगेको थियो ।  तर चीन सरकारलाई क्रुद्ध बनाएपछि माको सम्पत्ति ५०.९ अर्ब डलरमा झरेको छ ।    ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार, मा संसारभरिका अर्बपतिहरूको सूचीमा २५औं स्थानमा झरेका छन् ।    माको अलीबाबा कम्पनी र यान्ट ग्रूपले एकाधिकार चलाएको भन्दै चीन सरकारले अनुसन्धान शुरू गरेपछि सम्पत्ति...