सत्तारुढ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । १८ वटा स्थानीय तहमध्ये ९ वटामा सर्वसम्मत र ९ वटा पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । आइतवारदेखि सुरु भएको अधिवेशन जारी नै छ । ९ वटा पालिकामा सोमबार नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने ९ वटा पालिकामा मंगलबार र बुधवार निर्वाचन सम्पन्न भएको हो ।धनुषाधाम नगरपालिकामा चन्द्रीप यादव र हंसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत ढंगले चयन भएका छन् भने सबैला नगरपालिकामा खटु यादव, मिथिला बिह