पोखराका सम्पदाको ठेक्का रोक्न उच्च अदालतको अन्तरिम आदेश

३१ साउन, पोखरा । पोखराका सार्वजनिक सम्पदा ४० वर्षसम्मका लागि ठेक्कामा दिने योजनालाई उच्च अदालत पोखराले तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । पोखरा महानगरपालिकाले ठेक्कामा लगाइसकेको फेवा सिल्टेसन ड्याम, ठेक्कामा दिन सम्झौता गरिसकेको सेती खोंच, पातले छाँगो र प्रक्रियामा रहेका रामघाट र मोरे खहरेको योजना अगाडि नबढाउन उच्च अदालतले अन्तरिम आदेश दिएको हो […]