एनएमबि बैंकको किसान लक्षित काउन्टर सञ्चालन

काठमाडौं (अस) । एनएमबि बैंकले किसानलाई लक्षित गर्दै सिरहामा नयाँ काउन्टर सञ्चालन गरेको छ । बैंकले नरहा वडा नं ३ स्थित हिमालय सुगर मिल्स परिसरमा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको काउन्टर संख्या ११ पुगेको छ । बैंकले किसान लक्षित शाखाहरूबाट किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । हिमालय मिल्समा काउन्टर शुरू हुनुअघि पनि बैंकले गोलबजार शाखाबाट ४७ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको जानकारी दिएको छ । उखु किसानलाई सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता समेत गरिसकिएको बैंकले बताएको छ । बैंकका प्रदेश प्रमुख कमल पोखरेलले प्रदेशमा सञ्चालित काउन्टरहरूबाट सेवा लिन किसान तथा सर्वसाधारणलाई आग्रह गरे ।

सम्बन्धित सामग्री

६% बढ्यो एनएमबि बैंकको खुद नाफा, वितरणयोग्य नाफा ८७ करोडभन्दा बढी

माघ १०, काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ७१ करोड १५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  सोमवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ६ प्रतिशत वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा रू. १ अर्ब ६१ करोड ३९ लाखभन्दा बढी थियो ।  यस वर्ष बैंकको सञ्चालन नाफा ५ दशमलव ३८ प्रतिशत बढेको छ । गत वर्ष रू. २ अर्ब २९ करोडभन्दा बढी सञ्चालन नाफा गरेकोमा यस वर्ष रू. २ अर्ब ४२ करोडभन्दा बढी भएको छ । यस वर्ष बैंकको वितरणयोग्य नाफा रू. ८७ करोड ४१ लाखभन्दा बढी छ ।  गत वर्ष यस अवधिसम्म यो नाफा रू. १ अर्ब ५० करोड ९६ लाखभन्दा बढी थियो । १२ दशमलव ५० प्रतिशत बोनस शेयर मार्फत पूँजी वृद्धि गरी रू. १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार पुर्‍याएको बैंकको रिटेन्ड अर्निङ सहित जगेडा कोष रकम रू. ६ अर्ब ७५ करोड ९३ लाखभन्दा बढी रहेको छ ।  यस अवधिसम्म बैंकको रिटेन्ड अर्निङ रू. १ अर्ब ५६ करोडभन्दा बढी र जगेडा कोष रू. ५ अर्ब १९ करोडभन्दा बढी छ । बैंकले यस वर्ष गत वर्षभन्दा १० दशमलव ४६ प्रतिशत बढी रू. १ खर्ब ८१ अर्ब ७० करोड निक्षेप संकलन गरेको छ भने १३ दशमलव ९९ प्रतिशत बढी रू. १ खर्ब ७२ अर्ब कर्जा प्रवाह गरेको छ । यस वर्ष निष्क्रिय कर्जा १ दशमलव ४९ प्रतिशतमा झरेको छ । गत वर्ष यस अवधिमा यो कर्जा २ दशमलव ३८ प्रतिशत थियो । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ६४ र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ८० रहेको छ ।

एनएमबि क्यापिटलले हितग्राहीलाई डिम्याट खाताको वार्षिक शुल्क बुझाउन अनुरोध

असार १८, काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नबिकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।  यस क्यापिटल र एनएमबि बैंक लिमिटेडका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खालेका हितग्राहीलाई आव २०७७/७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क रू. १०० बुझाउन अनुरोध गरेको हो ।  हितग्राहीहरुले अगामी साउन १५ गतेभित्र ई सेवा, खल्ती, प्रभु पे, आइएमई पे र कनेक्ट आइपीएसमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधिभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुनेछ ।  साथै, हितग्राही खातामा एनएमबि बैंकको बैंक खाता नम्बर राखेका सम्पूर्ण हितग्राही खातावालहरुको हितग्राही खाता स्वत नविकरण हुनेछ ।  त्यसैगरी हितग्राही खाताको वार्षिक शुल्क बढीमा पाँच वर्षसम्मको लागि पनि अग्रिम भुक्तानी गर्न मिल्ने बैंकले जानकारी गराएको छ ।

एनएमबि बैंकको प्रदेश ७ शाखा सञ्चालन

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय