वामदेवका दुई प्रस्ताव : सबै जमिन सरकारले किनोस्

राष्ट्रियसभा सदस्य वामदेव गौतमले कृषि उत्पादन बढाउन र समाजवादतर्फ जान कृषिको माध्यम अपनाउनुपर्ने बताएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने भन्दै त्यसका लागि सरकारले दुईवटा काम गर्नसक्नुपर्ने बताए । ‘साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान केन्द्रित गरौ’, गौतमले भने, ‘औद्योगीकरण पनि त्यसैबाट हुन्छ,पर्यटनको विकास पनि त्यसैबाट हुन्छ ।’ उनले त्यो कृषियोग्य जमिन