चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा महिला प्रतिनिधित्व शून्य

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका समाचामा जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उनले यसपटक अवकास पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् ।