काठमाडौँ। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेका छन्। बेरीले बुधबार बिहान पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डसँग भेट गरेका हुन्।
खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।