बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनाको कारक भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भएको भन्दै बर्खास्त गर्नुपर्ने माग प्रतिनिधिसभामा उठेको छ । प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी छानबिन समितिले नै दोषी ठहर गरेका मन्त्री ज्वालालाई पदमुक्त गर्नुपर्ने माग राखेपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।