देउवाको ब्रिफिङ : संविधानमाथि प्रहार गर्ने प्रधानमन्त्रीलाई कायम राख्न सकिँदैन, गठबन्धन सरकार बन्छ
संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली संविधान र संवैधानिक प्रणाली मास्न उद्धत रहेकाले उनलाई प्रधानमन्त्रीमा कायमै राख्न नसकिने बताएका हुन्
नेकपा माओवादी केन्द्रको बैठक पर्सी आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरियो । पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गर्नुका साथै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो । पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी, गठबन्धन सरकार, स्